निषेधाज्ञामा विवाहका लागि २ वटा गाडी प्रगोग गर्न पाइने, अनुमति लिन नपर्ने



काठमाडौं । सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा विवाह गर्दा २ वटासम्म ब्यानर सहितको गाडी प्रयोग गर्न पाइने भएको छ । र, यसका लागि स्थानीय प्रशासनसँग अनुमति लिन नपर्ने भएको छ ।

तर विवाहका लागि पार्टी प्यालेस खोल्नु परेमा भने अनुमति आवश्यक पर्नेछ । साथै विवाह गरी अन्यत्रै जिल्लाबाट फर्कनु परेमा चालकसहित बढीमा ७ जनाले स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमा अनुमतिका लागि पेश गर्नुपर्नेछ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार नयाँ सूचना जारी गर्दै डिपार्टमेन्टल स्टोरको हकमा ग्रोसरी विहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइने भनि सच्चाएको छ ।


क्लिकमान्डु