कोरोना संक्रमित पूर्वराजा र रानीको अक्सिजनको सहयोगमा उपचार हुँदै



काठमाडौं । कोरोना संक्रमति भइ नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सहयोगमा उपचार शुरु गरिएको अस्पतालले जानकारी दिएको छ ।

उनीहरु गत शनिबार दिउँसो १ बजे नर्भिक अस्पतालमा भर्ना भएका थिए । कोरोनाबाट संक्रमितमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले दुबैजनालाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जानकारी दिएको छ ।

उनीहरुसँग अस्पतालमा भर्ना भएकी छोरी प्रेरणा शाहलाई भने अक्सिजन दिनु परेको छैन ।


क्लिकमान्डु