तत्काल देशव्यापी लकडाउन हुँदैन, हटस्पटमा आंशिक लकडाउन हुनसक्छः परराष्ट्रमन्त्री

क्लिकमान्डु २०७८ वैशाख १२ गते १०:५६ मा प्रकाशित

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले तत्काल लकडाउन नगर्ने स्पष्ट पारेका छन् ।

‘अर्थतन्त्र भर्खरै तंग्रिन थालेको छ, यस्तो अवस्थामा सरकारले अर्थतन्त्रमा लकडाउनका कारण प्रतिकुल असर परोस भन्ने चाहन्न्, त्यसैले सरकारले तत्कालै लकडाउन गर्दैन,’ उनले भने ।

तर कोरोनाको हटस्पट भएका क्षेत्रहरुमा भने आंशिक लकडाउन भने हुन सक्ने उनले बताए ।

‘अहिले नागरिकहरुले नै सामाजिक दूरी कायम गरेर र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने नै हो, तत्काल लकडाउन सरकारले गर्दैन,’ उनले भने ।

उनले मानिसहरुको जनजीवनमा प्रतिकुल असर नहोस भन्ने पक्षमा सरकार रहेको बताए ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स