चन्द्रागिरि हिल्स १८ करोड बढी घाटामा



काठमाडौं । केही समय अघिमात्रै आइपीओ जारी गरी दोस्रो बजारमा सूचिकृत भएको चन्द्रागिरि हिल्सले गत वर्ष १८ करोड बढी घाटा बेहोरेको छ ।

चालु आवको तेस्रो त्रैमासमा चन्द्रागिरि हिल्सको घाटा १८ करोड ११ लाख २० हजार ७१३ रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा चन्द्रागिरि हिल्सको घाटा २१ करोड ८० लाख ८ हजार २२६ रुपैयाँ थियो ।

कारोना महामारीका कारण लागू भएको लकडाउन भएयता चन्द्रागिरि हिल्सले सञ्चालन बन्द गरेको थियो ।

कम्पनीले समीक्षा अवधिमा सञ्चालन गरी १७ करोड ४२ लाख २० हजार १८८ रुपैयाँ आम्दानी गरेको छ । जबकी कम्पनीले गत वर्षका सोही अवधिमा ४१ करोड २२ लाख ११ हजा ६६० रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ११.८१ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ७९.०८ रुपैयाँ छ । त्यसैगरी प्रतिसेयर कुल सम्पत्तिको मूल्य ०.०५ रुपैयाँ छ । कम्पनीको प्राइस अर्निङ रेसियो २१०.४८ छ भने चालु अनुपात २.८६ छ ।


क्लिकमान्डु