मौसमी प्रतिकुलताका कारण चार दिन शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय



काठमाडौं । मौसममा आएको प्रतिकुलताका कारण शिक्षा मन्त्रालयले भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले भोलि मंगलबारदेखि शनिबारसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले चार दिन सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नु परेको जानकारी दिए ।

मन्त्री श्रेष्ठले लाखौ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताको कारण सबै शिक्षणसंस्थता बन्द गर्नुपरेको बताए।


क्लिकमान्डु