हिमालयन बैंकका अध्यक्ष बिरामी भएपछि इन्भेष्टमेन्ट बैंकसँगको मर्जरमा ढिलाइ



काठमाडौं । हिमालयन बैंकका संचालक समिति अध्यक्ष तुलसीप्रसाद गौतम बिरामी भएपछि हिमालयन बैंकको संचालक समितिको बैठक सरेको छ ।

सोमबार हिमालयन बैंकको संचालक समितिको बैठक बस्ने पूर्वनिर्धारित योजना थियो । र, उक्त बैठकले नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जरमा जानका लागि सम्पत्ति र दायित्वको मूल्यांकन(डीडीए) रिपोर्ट अनुमोदन गर्ने योजना थियो ।

इन्भेष्टमेन्ट बैंकको संचालक समितिले डीडीएलाई अनुमोदन गरेको छ । हिमालयन बैंकको संचालक समितिको बैठकले डीडीए अनुमोदन गर्न बाँकी रहेको छ ।

‘मेगा मर्जर’को तयारीमा हिमालयन र इन्भेष्टमेन्ट बैंक, लिखित प्रतिवद्धता आदान-प्रदान, स्वाप १ः१

मंगलबारसम्ममा हिमालयन बैंकको सञ्चालक समितिले डीडीए अनुमोदन गरेर बिहीबार वा शुक्रबार नै मर्जरको सैद्दान्तिक समझदारी (एमओयू) गर्ने तयारी भएको थियो । अध्यक्ष गौमत बिरामी हुँदा मर्जर प्रक्रियामा ढिलाइ भएको छ ।

दुई बैंकबीच संचालक समितिको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे हुने तथा सीइओमा हिमालयन बैंकका अशोक राणा हुने सहमति भएको छ । दुई बैंकबीच मर्जर हुँदा सेयर स्वाप १ः१ को अनुपातमा हुनेछ ।

पाँडे र राणाबीच पारिवारिक सम्बन्ध समेत छ । यसबाहेक दुवै बैंकमा ठूला लगानीकर्ता शशिकान्त अग्रवालको समेत सेयर छ ।

के इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्ज हुन लागेका हुन् ? यस्तो छ रामकहानी

नेपाल राष्ट्र बैंकको इच्छा दुई बैंक मर्ज होस् भन्ने छ । यो हप्ता नै मर्जर सम्झौता नै गर्ने गरेर दुबै बैंकले तयारी थालेका थिए ।

तर, हिमालयन बैंकका संचालक समितिका अध्यक्ष बिरामी भएपछि संचालक समितिको बैठक अर्को सातालाई सरेको छ ।

‘अध्यक्षज्यू बिरामी भएपछि अर्को साताका लागि सञ्चालक समितिको बैठक सारेका छौं,’ हिमालयन बैंकका सीइओ अशोक राणाले भने ।

हिमालयन बैंकका अध्यक्ष गौतम कर्मचारी सञ्चय कोषका प्रशासक हुन् ।

दु्ई बैंक मर्ज भएमा नेपालको ठूलो बैंक बन्ने छ । चुक्ता पूँजी करिब २७ अर्ब र अधिकृत पुँजी करीब ४७ अर्ब रुैयाँ हुनेछ । निक्षेप ३ खर्ब र कर्जा २ खर्ब ६८ अर्ब रुपैयाँ हुने छ ।


पुष्प दुलाल