म पहिलो महिला डेपुटी गभर्नर हूँ अन्तिम होइन, वित्तीय स्थायित्वका लागि काम गर्छुः निलम तिम्सिना



काठमाडौं । नेपाल राष्ट्र बैंकको पहिलो डेपुटी गभर्नरमा निलम ढुंगाना तिमिल्सिना नियुक्त भएकी छन् । उनले आफू पहिलो महिला डेपुटी गभर्नर भए पनि यो अन्तिम भने नहुने बताएकी छन् ।

उनी २०५४ सालमा नेपाल राष्ट्र बैंकमा सहायक निर्देशकबाट प्रवेश गरेकी थिइन् ।

‘पहिलो महिला डेपुटी गभर्नर बनेर एउटा इतिहास मेरो नाममा भयो, पहिलो भएपनि यो अन्तिम हुने छैन, राष्ट्र बैंकमा काबिल महिला कर्मचारीहरु छन्,’ ढुंगानाले क्लिकमाण्डूसँग भनिन् ।

राष्ट्र बैंकको डेपुटी गभर्नर बन्नको लागि १७ जना कार्यकारी निर्देशकहरु दाबेदार थिए । १७ जना कार्यकारी निर्देशकमा बरिष्ठताको आधारमा ढुंगाना तेस्रो नम्बरमा थिइन् ।

राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त

सरकारले तेस्रो नम्बरको ढुंगाना र १३औं नम्बरमा रहेका बमबहादुर मिश्रलाई ५ वर्षसम्मको लागि डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।

डेपुटी गभर्नर राष्ट्र बैंकको संचालक समितिको पदेन संचालक हुने व्यवस्था छ । राष्ट्र बैंकको डेपुटी गभर्नर भएपछि के गर्नुहुन्छ भन्ने क्लिकमाण्डूको प्रश्नमा ढुंगानाले वित्तीय स्थायीत्वको लागि काम गर्ने बताइन् ।

‘राष्ट्र बैंकको नेतृत्व गभर्नरले गर्ने हो, उहाँको मार्गनिर्देशनमा रहेर वित्तीय क्षेत्रको स्थिरता र यसलाई अगाडि बढाउनेमा मेरो कार्यकालमा जोड रहने छ,’ ढुंगानाले भनिन् ।


पुष्प दुलाल