राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुसाई नियुक्त गरेको हो ।

ढुंगाना सार्वजनिक ऋण व्यवस्थापन विभाग मिश्र विदेशी विनिमय व्यवस्थापन विभागमा थिए । ढुंगाना राष्ट्र बैंकमा डेपुटी गभर्नर हुने पहिलो महिला हुन् । 

ढुंगाना हाल एकमात्र महिला कार्यकारी निर्देशक रहेकी तिम्सिनाले २०५४ मंसिर २२ गतेदेखि राष्ट्र बैंकमा जागिर शुरु गरेकी हुन् । व्यवस्थापनमा विद्यावारिधी गरेकी तिम्सिना २०७४ साल फागुन २५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएकी हुन् । हाल उनी राष्ट्र ऋण व्यवस्थापन विभागमा छिन् । सो अघि उनी आन्तरिक लेखा परिक्षणमा थिइन् । उनी बरियताको सुचीमा तेस्रो नम्बरको कार्यकारी निर्देशक हुन् ।  

२०५९ साल साउन गतेदेखि राष्ट्र बैंकमा जागिर शुरु गरेका मिश्र ०७६ साउन २३ गते कार्यकारी निर्देशक बढुवा भएका हुन् । उनले व्यवस्थापन र अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् । उनले कानूनमा एलएलबिसम्मको अध्ययन पूरा गरेका छन् । हाल विदेशी विनिमय विभागका प्रमुख रहेका मिश्रले यसअघि भुक्तानी प्रणाली विभागका प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । उनी वरियताको सुचीमा १३औं नम्बरका कार्यकारी निर्देशक हुन् । उनीसँग निजी बैंकमा काम गरेको अनुभव पनि छ ।


क्लिकमान्डु