नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा सर्किट



काठमाडौं । आइतबारदेखि कारोबार शुरु भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्यमा सर्किट लागेको छ । दोस्रो बजारमा सेयर मूल्य ३४० रुपैयाँबाट कारोबार शुरु भएको बैंकको सेयर मूल्य शुरुमै १० प्रतिशत अर्थात ३४ रुपैयाँले बढेको छ ।

नियम अनुसार अब कम्पनीको आज सेयर मूल्य १० प्रतिशतभन्दा बढीमा कारोबार हुन सक्दैन । तर यदि कसैले कम मूल्यमा सेयर बिक्री गरेको खण्डमा भने बिक्री हुन्छ । कम्पनीको शुरुवाती मूल्य न्यूनतम ११३.६२ रुपैयाँदेखि अधिकतम ३४०.८६ रुपैयाँ तोकिएको थियो ।

तर यसअघि दोस्रो बजारमा कारोबार शुरु गरेका प्रभु लाइफ इन्स्योरेन्स र चन्द्रागिरि हिल्स कम्पनीको सेयर न्यूनतम मूल्यबाट शुरु गरिएको थियो ।

बैंकको २० करोड कित्ता सेयर बिहीबार नेप्सेमा सूचिकृत भएको थियो ।


क्लिकमान्डु