आइतबारको प्रि-ओपन सेसनमा ९.५५ अंकले बढ्यो नेप्से



काठमाडौं । आइतबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक ९.५५ अंकले बढेर २५३६.४७ अंकमा पुगेको छ ।

आजको कारोबारमा १६ हजार ८०६ कित्ता सेयर १ करोड २२ लाख ४ हजार ५७७ रुपैयाँमा किनबेच भएको छ ।

आजको कारोबारमा २९ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ८ वटाको घटेको छ भने ८ वटा कम्पनीको मूल्यस्थिर छ ।

आजदेखि दोस्रो बजारमा कारोबार शुरु भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शुरुवाती सेयर मूल्य ३४० बाट शुरु भएको छ ।


क्लिकमान्डु