महिला लघुवित्तको आइपीओ आजदेखि, कति दिने आवेदन ?



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले माघ ३० गतेदेखि सर्वसाधारण सेयर (आइपीओ)को विक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीको जारी चुक्ता पुँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयरमध्ये ०.५ प्रतिशत सेयर अर्थात ५ हजार कित्ता सयर कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधरणले भने ३ लाख ७५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

संस्थाको आइपीओ माघ ३० गतेदेखि खुला भइ छिटोमा फागुन ५ गते र ढिलोमा फागुन १४ गते बन्द हुनेछ ।

आइपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओ १० कित्ताका दरले ३७ हजार ५ सयले मात्रै पाउनेछन् । त्यसैले १० कित्ताका लागि मात्रै आवेदन दिँदा पर्याप्त हुनेछ ।


क्लिकमान्डु