नेपाल इन्फ्रास्ट्रक्चर बैंक २० करोड कित्ता सेयर नेप्सेमा सूचिकृत, ओपनिङ प्राइस कति ?



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । बैंकको २० करोड कित्ता सेयर बिहीबार नेप्सेमा सूचिकृत भएको हो ।

बैंकको दोस्रो बजारको सेयर कारोबार आइतबारदेखि गर्न पाइने भएको छ । बैंकको दोस्रो बजारमा सेयर कारोबारका लागि ओपनिङ प्राइस न्यूनतम ११३.६२ रुपैयाँ र अधिकतम ३४०.८६ रुपैयाँ हुनेछ ।

बैंकले केही दिन अघि मात्रै ८ करोड कित्ता सेयर आइपीओ जारी गरेको थियो ।


क्लिकमान्डु