ग्रीन डेभलपमेन्ट बैंकले ४ प्रतिशत लाभांश दिने
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले ४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
बैंकको सेयर प्रिमियमवापत रहेको रकमबाट बैंकको चुक्ता पुँजीको १ प्रतिशत रकमले हुन आउने ५० लाख रुपैयाँ बोनस सेयर, आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य नाफाबाट २.८० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बोनस सेयर र सोही मुनाफाबाट कर प्रयोजनका लागि ०.२० प्रतिशत अर्थात् १० लाख रुपैयाँ कर प्रयोजनार्थ नगद लाभांश गरी ४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
बैंकले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति र बैंकको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।