डिप्रोक्स लघुवित्तको लाभांश घोषणा



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले चुक्तापुँजीको १५ प्रतिशत बोनस र ५ प्रतिशत कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् १५ करोड ८ लाख १५ हजार ३६ रुपैयाँ १८ पैसा बोनस सेयर तथा ५ प्रतिशत अर्थात् ५ करोड २ लाख ७१ हजार ६७८ रुपैयाँ ७२ पैसा नगद लाभांश दिने निर्णय गरेको हो ।

 


क्लिकमान्डु