७ वटा कम्पनीको सेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले ७ वटा कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । २ दिन अगाडि मात्रै ११ वटा कम्पनीको दोस्रो बजारको सेयर कारोबार रोक्का गरेको नेप्सेले आज ७ वटा कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।
नेप्सेले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण पेश नगरेको भन्दै सेयर कारोबार रोक्का गरेको थियो । तर ७ वटा कम्पनीले वार्षिक प्रतिवेदनलगायतका वित्तीय विवरण नेप्सेमा पेश गरेकाले रोक्का गरिएको सेयर कारोबार फुकुवा गरिएको हो ।
सेयर कारोबार फुकुवा हुने कम्पनीहरुमा कर्णाली डेभलपमेन्ट बैंक, गुँरास लाइफ इन्स्योरेन्स कम्पनी, पाँचथर पावर कम्पनी, राधि विद्युत् कम्पनी, युनिभर्सल पावर, युनियन हाइड्रोपावर कम्पनी र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था हुन् ।