इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने



काठमाडौं । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । इक्फिनिटी लघुवित्त वित्तीय संस्थाले कास्की जिल्लाको पोखरा १८ मा केन्द्रीय कार्यालय रहेको १० जिल्ला कार्यक्षेत्र भएको नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई माघ २६ गते प्राप्ति गर्ने निर्णय गरेको हो ।

इन्फिनिटीका तर्फबाट बलराम बिस्ट र नेपाल एग्रो लघुवित्तका तर्फबाट विवेक श्रेष्ठले समझदारी पत्रमा हस्तक्षर समेत गरेका छन् ।


क्लिकमान्डु