प्रि-ओपनमा झिनो अंकको वृद्धि, ४७ कम्पनीको सेयर मूल्य बढ्दा ११ कम्पनीको घट्यो



काठमाडौं । मंगलबारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.९५ अंकले वृद्धि भएको छ । आजको कारोबारमा ४७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आजको प्रि–ओपन सेसनमा १६ हजार २७२ वटा कित्ता सेयर १ करोड १७ लाख ५ हजार ८ रुपैयाँमा कारोबार भएको छ ।


क्लिकमान्डु