११ वटा कम्पनीको सेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्च लिमिटेड (नेप्से)ले ११ वटा कम्पनीको दोस्रो बजारको सेयर कारोबार रोक्का गरेको छ ।
नेप्सेले ७ वटा जलविद्युत कम्पनी, एउटा बीमा कम्पनी, एउटा वटा विकास बैंक र २ वटा लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।
ती कम्पनीहरुले आर्थिक वर्ष २०७५/७६ को वार्षिक वित्तीय विवरण पेश नगरेको भन्दै सेयर कारोबार रोक्का गरेको हो ।
सेयर कारोबार रोक्का हुने कम्पनीमा नेपाल हाइड्रो डेभलपर लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेड, राधि विद्युत् कम्पनी लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र युनियन हाइड्रोपावर कम्पनी लिमिटेड छन्।
त्यसैगरी श्रीगुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि सेयर कारोबार रोक्का गरिएको छ।
साथै सेयर कारोबार रोक्का हुने अन्य कम्पनीमा कर्णाली डेभलपमेन्ट बैंक, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स कम्पनी छन् ।