सोमबारको प्रि-ओपन सेसनमा २९.७८ अंकले बढ्यो बजार, चन्द्रागिरि हिल्सको सेयर ३.०५% ले घट्यो



काठमाडौं । सोमबार प्रि-ओपन सेसनमा बजार २९.७८ अंकले बढेको छ । सेयर बजार २५५३.७९ अंकमा पुगेको छ ।

प्रि-ओपन सेसनमा १६ हजार ८११ कित्ता सेयर १ करोड ५० लाख ७४ हजार रूपैयाँमा किनबेच भएको छ । प्रि-ओपनमा ६५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटाको घटेको छ । त्यसैगरी ३ वटाको सेयर मूल्य स्थिर छ ।

अघिल्लो दिनदेखि कारोबार शुरू भएको चन्द्रागिरि हिल्सको सेयर मूल्यमा सोमबार प्रि-ओपन सेसनमा भने ५ रूपैयाँ घटेको छ । आज चन्द्रागिरि हिल्सको सेयर ३.०५ प्रतिशत अर्थात ५ रूपैयाँले घटेर १५९ रूपैयाँमा १० कित्ता सेयर कारोबार भएको छ ।


क्लिकमान्डु