फरवार्ड माइक्रोफाइनान्सको साधारणसभा फागुन २१ गते, बुक क्लोज कहिले ?



काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा फागुन २१ गते बस्ने भएको छ । माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले ८औं वार्षिक साधारणसभा फागुन २१ गते शुक्रबार दिउँसो ११ बस्ने निर्णय गरेको हो ।

संस्थाको सेयरधनी दर्ता पुस्तिका फागुन ५ गते बन्द हुनेछ ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ३१.५८ प्रतिशत लाभांश दिने निर्णय गरिसेको छ । साधारणसभाले उक्त लाभांश समेत पारित गर्नेछ । संस्थाले २५ प्रतिशत बोनस सेयर तथा ६.५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको छ ।

फरवार्डले हाल कायम रहेको ५० करोड ४ लाख १५ हजार ४ सय रुपैयाँ चुक्तापुँजीबाट उक्त लाभांश दिन लागेको हो । प्रस्तावित बोनस वितरणपछि यसको चुक्तापुँजी ६२ करोड ५५ लाख १९ हजार २५० रुपैयाँ पुग्नेछ ।


क्लिकमान्डु