बिशाल बजार कम्पनीको सेयर कारोबार रोक्का



काठमाडौं । विशाल बजार कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आइतबारदेखि कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेले आइतबार एक सूचना जारी गर्र्दै कम्पनीको कारोबार रोक्का राखेको जानकारी दिएको हो ।

‘नेप्सेमा सूचिकृत कम्पनीले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेकोमा विशाल बजार कम्पनीलाई नेप्सेले वार्षिक प्रतिवेदन र वित्तीय विवरण पठाइ माग गर्दा समेत पेश नगरेको हुँदा धितोपत्रको दोस्रो. बजारका कारोबार माघ १८ गतेदखि रोक्का राखिएको छ,’ नेप्सेले भनेको छ ।

कम्पनीको हाल प्रतिकित्ता सेयर मूल्य २ हजार ९२१ रूपैयाँ छ ।


क्लिकमान्डु