नेप्सेमा ५५ अंकको गिरावट, झण्डै ९ अर्बको कारोबार



काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबार झण्डै ५५ अंकले ओरालो लागेको छ । लगातार उकालो लागिरहेको नेप्सेमा उच्च अंकको ओरालो लागेको पछिल्ला दिनमा आइतबार पहिलो पटक हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५४.७५ अंकले घटेर २ हजार ३७०.५४ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क ९.७३ अंकले घटेर ४३२.३३ मा सिमित भएको छ ।

कूल २०६ कम्पनीको १ करोड ५१ लाख १० हजार ४०८ कित्ता सेयर ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४५० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूहको सेयर नै ओरालो लागे । बैंकिङ ४२.०१, व्यापार १९.९६, होटल २३.०२, विकास बैंक ५१.४६, जलविद्युत् ३७.१२, फाइनान्स ५०.७२, निर्जीवन बीमा २६४.०४, उत्पादन १३२.९५, अन्य २५.५९, लघुवित्त १२१.२३, जीवन बीमा ४६०.३७ र सामूहिक लगानी कोष ०.०६ ले ओरालो लागे ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३९ करोड ८९ लाख ५९ हजार ७०९ रुपैयाँ बराबरको कारोबार भयो ।

त्यस्तै, शिखर इन्स्योरेन्स ३२ करोड ७२ लाख ५१ हजार ३८, एनआइसि एशिया बैंक २८ करोड ९४ लाख २२ हजार ६५, प्रभु लाइफ इन्स्योरेन्स २८ करोड ३ लाख ९१ हजार ७६० र नेपाल दूरसञ्चार कम्पनी ३० करोड ६२ लाख ६५ हजार २१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । ।

साताको पहिलो दिनको कारोबारमा १० कम्पनीको सेयर मात्रै उकालो लाग्दा १६१ कम्पनीको सेयर घटे भने ४ वटाको कुनै परिवर्तन भएन ।

आइतबारको कारोबारका आधारमा प्रभु लाइफ इन्स्योरेन्स ९.९३, सगरमाथा इन्स्योरेन्स ८.७३, सिभिल लघुवित्त ६.०२, नारायणी डेभलपमेन्ट बैंक ५.७८ र कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले ४.४९ प्रतिशतले कमाए ।

त्यस्तै, रिलायन्स फाइनान्स ८.३०, गुर्खाज फाइनान्स ७.८३, युनाइटेड इदी मदी हाइड्रोपावर ७.६६, गुडविल फाइनान्स ७.५४ र मल्टिपर्पोज फाइनान्सका सेयरधनीले ७.४१ प्रतिशतले गुमाए ।


क्लिकमान्डु