सबैको लघुवित्तले ११.०५ प्रतिशत लाभांश दिने



काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लगानीकर्तालाई ११.५ प्रतिशत लाभांश दिने भएको छ । शनिबार बसेको कमपनीको सञ्चालक समितिको बैठकले १०.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६÷७७ सम्मको वितवरणका लागि उपलब्ध मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार बराबरको १०.५ प्रतिशत बोसन सेयर र कर प्रयोजनका लागि लाग्ने १ करोड ९५ लाख ७२ हजार रुपैयाँ बराबरको ०.५५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त निर्णय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।


क्लिकमान्डु