नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट, तपाईंलाई कति पर्‍यो ?



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट भएको छ । शुक्रबार बिहान १० बजे सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले सेयर बाँडफाँट गरेको हो ।

जस अनुसार १० देखि ५० कित्ता आवेदन गर्ने लगानीकर्ताले १ करोड १२ लाख १९ हजार ८० कित्ता पाउनेछन् । त्यसैगरी ६० देखि २ लाख कित्ता आवेदन गर्ने लगानीकर्ताले थप ५० कित्ताका दरले ५ करोड ९७ लाख २ सय कित्ता पाउनेछन् । बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर ६० देखि २ लाख कित्ता माग गर्ने लगानीकर्ताले थप १० कित्ताका दरले प्राप्त गर्नेछन् ।

गत माघ २ गतेदेखि ६ गतेसम्म खुलाएको आइपीओमा १४ लाख ८१ हजार २८४ जनाले १६ करोड ७८ लाख ५ हजार ४४७ कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ६ हजार २७६ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको थियो ।


क्लिकमान्डु