टिभिएसको मोटरसाइकल किन्दै हुनुहुन्छ, मूल्य बढेपछि कुन मोडललाई कति पर्छ ? (सूचीसहित)



काठमाडौं । कोरोना भाइरस महामारीले गर्दा सवारी साधन उत्पादन क्षेत्रमा निकै प्रभाव परेको थियो । लामो समयको बन्दाबन्दीले उत्पादन गर्न नपाएको सवारी साधनमा लकडाउनपछि उत्पादन भएको सवारी साधनमा विभिन्न कम्पनीले मूल्य बढाएको छ ।

पछिल्लो समय कोरोना भाइरस महामारीका कारण बजारमा अत्याधिक मात्रामा कच्चा पदार्थको अभाव र उत्पादनमा धेरै खर्च भएको भन्दै सवारी साधन कम्पनीहरूले मूल्य बढाएको जनाएको छ ।

यस्तै, नेपालको लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले बजारमा उपलब्ध भएको अधिकांश मोटरसाइकलको मूल्य बढेको बताए । नेपालमा टिभीएसको अधिकांश सवारी साधन भारतबाट आयात हुने गर्दछ । जसमा भारतीय उत्पादन गर्ने कम्पनीले नै उत्पादन खर्च धेरै भएकाले मूल्य बढाएको जनाएको छ ।

सोही अनुसार नेपालमा आयातित उक्त मोटरसाइकल तथा स्कुटरको मूल्य बढाएको कम्पनीको महाप्रबन्धक दिप रौनियारका बताउँछन् ।

‘उत्पादन गर्ने कम्पनीले मूल्य बढाएको हुनाले नेपाली कम्पनीले पनि बढाए अनुसार मूल्य तिरेर आयात गरेको हुन्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘भारतले तोकेको मूल्यलाई नमानेर नेपालले छुट्टै मूल्य तय गर्दैन् । भारतमा बढ्ने वित्तिकै नेपालमा आयात भएको स्वतः मूल्य बढ्छ ।’

उनका अनुसार चालु आवमा मोटरसाइकलको मूल्य बढाए पनि स्कुटरको मूल्य भने यथावत रहेको बताए । कम्पनीले बजारमा उपलब्ध भएको कुनै पनि स्कुटरको मूल्य नबढाएको जनाएको छ । जसमा बजारमा उपलब्ध भएको ४ वटा मोडलको मोटरसाइकलको मूल्य बढाएको छैन भने ५ वटा मोडलको मोटरसाइकलको मूल्य बढाएको छ ।

होन्डाका मोटरसाइकल र स्कुटरको मूल्य १ हजारदेखि २ लाख ६५ हजारसम्म बढ्यो, कुन मोडलको कति पर्छ ?

कुन मोडलको कति मूल्य बढ्यो ?
विगतको तुलनामा चालु आर्थिक वर्षको शुरुवातदेखि हालसम्ममा आयात भएको सवारी साधनमा करिब १ हजारदेखि २१ हजारसम्म मूल्य वृद्धि भएको बताए ।

जसमा टिभीएसले टिभीएस आरटीआर ३१०, टिभीएस आपाचे आरटीआर १८० २भी, टिभीएस म्याक्स १२५ र टिभीएस स्ट्राइकर रिफ्रेश मोडलको मूल्य बढाएको छैन ।

त्यसैगरी, कम्पनीले साउन अगाडि ३ लाख २४ हजार ९ सयमा पाउने टिभीएस अपाचे आरटीआर २०० मोटरसाइकलको मूल्य बढाएर ३ लाख ४५ हजार ९०० रुपैयाँ पुर्याएको छ । जसमा कम्पनीले करिब २० हजार मूल्य बढाएको छ ।

त्यस्तै, साउन अगाडि २ लाख ८९ हजार ९०० पाउने टिभीएस अपाचे आरटीआर १६०४भीको मूल्य बढाएर अहिले २ लाख ९० हजार ९०० सय तोकेको छ । साथै, टिभीएस अपाचे आरटीआर १६०४भी एफडी १६० को २ लाख ७२ हजार ९०० रहेकोमा मूल्य बढाएर २ लाख ७७ हजार ९००, टिभीएस अपाचे आरटीआर १६०२भी एफडी २ लाख ५८ हजार ९०० रुपैयाँ रहेको मूल्य बढाएर २ लाख ६३ हजार ९०० रुपैयाँ र साउनअघि टिभीएस रेडियनको मूल्य १ लाख ८५ हजार ९०० रुपैयाँ रहेकोमा मूल्य बढाएर १ लाख ८६ हजार ९ सय पुगेको छ ।

बजारमा टिभीएसको विभिन्न प्रकारको स्कुटर उपलब्ध रहेको छ । जसमा टिभीएस जुपीटर क्लासिक, टिभीएस वेगो, टिभिएस डेज, टिभिएस जेस्टलगायत अन्य धेरै स्कुटरमा उपलब्ध छन् ।


क्लिकमान्डु