नेप्सेमा पुनः करेक्सन, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट



काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार करेक्सन भएको बजार बुधबार भने पुनः सुधार भएको थियो । बजार पुनः बिहिबार करेक्सन भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.५५ बिन्दुले ओरालो लागेर २ हजार ४२५.२९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ४.३२ ले घटेर ४४२.०६ मा ओर्लेको छ ।

कूल २०९ कम्पनीको २ करोड २१ लाख ५३ हजार ९८१ कित्ता सेयर ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये बिहिबार तीन उपसमूहको मात्रै सेयर उकालो लागेको छ भने ९ उपसमूहको सेयर भने ओरालो लागेको छ ।

निर्जीवन बीमा ४१०.३९, उत्पादन १६७, लघुवित्त ८७.२४ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ४१.०८, व्यापार ४.९८, होटल २५.९६, विकास बैंक ४३.२५, जलविद्युत् २२.९१, वित्त १८.२, अन्य ११.०३, जीवन बीमा ४२.४७ र सामूहिक लगानी कोष ०.२२ अंकले ओरालो लागेको छ ।

कारोबारका आधारमा बिहिबार पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५६ करोड ६३ लाख ९८ हजार ९९१ बराबरको कारोबार भएको छ ।

यस्तै, नेपाल पुनरबीमा कम्पनी ३१ करोड ५४ लाख १३ हजार ७७१, हिमालयन डिस्टिलरी ३१ करोड ५२ लाख ९७ हजार २०४, एनआइसि एशिया बैंक २८ करोड ४८ लाख ५१ हजार २१७, शिखर इन्स्योरेन्स २७ करोड चार लाख २३ हजार ४१५, नेपाल दूरसञ्चार कम्पनी २२ करोड ७६ लाख ८७ हजार ४९३, नेको इन्स्योरेन्स २२ करोड २२ लाख ३९ हजार ८३५,प्रभु बैंक २० करोड ५७ लाख ८७ हजार ८४७ र नेपाल बैंक लिमिटेडको २० करोड २९ लाख ४५ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

सूर्योदय लघुवित्त १०, सगरमाथा इन्स्योरेन्स १०, सर्पोट माइक्रोफाइनान्स ९.९८, आरम्भ चौचारी लघुवित्त ९.९७, प्रभु लाइफ इन्स्योरेन्स ९.९७, सारथी नेपाल लघुवित्त ९.४७, हिमालयन डिस्टिलरी ८.८७ र गरिमा विकास लघुुवित्तका लगानीकर्ताले ८.५९ प्रतिशतले कमाए ।

त्यस्तै, सिदार्थ इक्विटी फण्ड ६.७८, हिमालयन पावर पार्टरन ६.२९, गुडबिल फाइनान्स ५.९७, मिथिला लघुवित्त वित्तीय संस्था ५.८२, गुराँस लघुवित्त ५.७७, सानिमा इक्विटी फण्ड ४.८४, प्रोगेसिभ फाइनान्स ४.७९ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.५२ प्रतिशतले गुमाए ।


क्लिकमान्डु