मंगलबारको करेक्सनपछि बुधबार सेयर बजार १८ अंकले बढ्यो



काठमाडौं । लगातार बढेको सेयर बजारमा मंगलबार १८ अंकको करेक्सनपछि बुधबार १८ अंकले नै वृद्धि भएको छ । बुधबार कारोबार मापन नेप्से परिसूचक १८.७६ बिन्दुले सुधार भई २ हजार ४४१.८५ पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूभ्क ०.८६ बिन्दुले घटेर ४४६.३८ मा पुगेको छ ।

कूल २०८ कम्पनीको १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता सेयर ८ अर्ब ६२ करोड ३८ हजार ७७० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १२ उपसमूह मध्ये बुधबार ७ उपसमूहको सेयर ओरालो लाग्दा ५ उपसमूहको सेयर भने उकालो लागेको छ । व्यापार ३२.९६, निर्जीवन बीमा ४६४.६८, माइक्रोफाइनान्स ६७.५१, जीवन बीमा १ र सामूहिक लगानी कोष ०.०३ ले वृद्धि भएको छ ।

यस्तै, बैंकिङ १०.१२, होटल २४.३९, विकास बैंक ६.२३, जलविद्युत् ४.०७, फाइनान्स ६.७७ अंकले घटेका छन् ।

मंगलबारको जस्तै कारोबारका आधारमा बुधबार पनि नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थामना रहेको छ । सो कम्पनीको ९३ करोड ३४ लाख २३ हजार ९०३ बराबरको कारोबार भएको छ ।
यस्तै, प्राइम बैंक ३७ करोड ९३ लाख ४२२, नेपाल बैंक २८ करोड १४ लाख ८ हजार ८७१, प्रभु बैंक २७ करोड ८४ लाख ५१ हजार १५३, नेशनल लाइफ इन्स्योरेन्स २४ करोड ८७ लाख ६० हजार ९९४ , शिखर इन्स्योरेन्स कम्पनी २४ करोड ५५ लाख ९८ हजार ६९२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।

कारोबार भएका नेपाल लाइफ इन्स्योरेन्स ९.९९, आरम्भ चौतारी लघुवित्त ९.९८, गुराँस लघुवित्त वित्तीय ९.९७, सर्पोट माइक्रोफाइनान्स ९.९६ र प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९१ प्रतिशतले कमाए ।

यस्तै, पोखरा फाइनान्स ७.०५, सिटिजन म्युचअल फण्ड ४.७२, श्री इन्भेस्टमेन्ट फाइनान्स ४.७१, नेपाल फाइनान्स ४.६५ र एनआइसि एशिया व्यालेन्स फण्डका लगानीकर्ताले ३.८६ प्रतिशतले गुमाए ।


क्लिकमान्डु