सेयर बजारमा करेक्सन, नेप्सेमा झण्डै १८ अंकको गिरावट



काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अंकले ओरालो लागेको छ ।

लगातार बढ्दै आएको बजारमा करेक्स्न भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.७९ अंकले घटेर २ हजार ४२३.०९ मा ओर्लेको हो ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.५८ ले ओरालो लागेर ४४७.२४ मा ओर्लेको छ । कूल २०७ कम्पनीको १ करोड ९६ लाख ६ हजार ५५५ लाख कित्ता सेयर ८ अर्ब २७ करोड ९७ लाख १ हजार ७७ मा कारोबार भयो ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये २ उपसमूहको सेयर मात्रै उकालो लाग्यो भने १० उपसमूहको सेयर भने ओरालो लागे ।

होटल ५४.०५ र फाइनान्स १३.०७ ले उकालो लाग्दा बैंकिङ ६.८१, व्यापार ९२.४२, विकास बैंक २९.४८, जलविद्युत् २७.५, निर्जीवन बीमा ९८.५७, उत्पादन ४१.८७, अन्य २६.७९, माइक्रोफाइनान्स ५९.७२, जीवन बीमा ४१.०९ र सामूहिक लगानी कोष ०.०३ ले ओरालो लाग्यो ।

कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भयो । सो कम्पनीको १ अर्ब ४५ करोड ७ लाख ६३ हजार ७२५ रुपैयाँ बराबरको कारोबार भयो ।

नेपाल बैंक ५२ करोड ५३ लाख २८ हजार ४६९, शिखर इन्स्योरेन्स २३ करोड १७ लाख ८९ हजार ५६९, नेपाल पुनर्बीमा कम्पनी २० करोड ४ लाख ६९ हजार ७५३, नेपाल दूरसञ्चार कम्पनी १६ करोड ४४ लाख ६४ हजार ५५१, नागरिक लगानी कोष १६ करोड ४३ लाख ५ हजार ३६३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

गुराँस लघुवित्त ९.९७, प्रभु लाइफ इन्स्योरेन्स ९.९४, युनाइटेड फाइनान्स ९.८८, पोखरा फाइनान्स ८.३६ र ओरियन्टल होटलका लगानीकर्ताले ७.०३ प्रतिशतले कमाए ।

यस्तै, शिवश्री हाइड्रोपावर ४.९५, प्रोगेसिभ फाइनान्स ४.५७, राष्ट्रिय बीमा कम्पनी ४.४७, साञ्जेन जलविद्युत् कम्पनी ४.३१ र रसुवागडी हाइड्रोपावरका लगानीकर्ताले ४.२८ प्रतिशतले गुमाए ।


क्लिकमान्डु