नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले साधारणसभा प्रयोजनका लागि माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्दैछ । सोही कारण बैंकले घोषणा गरेको ५१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मिति हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ३१ प्रतिशत बोनश र २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । जुन साधारणसभाले पारित भएपछि लगानीकर्तामा वितरण हुनेछ । लाभांश माघ १३ गते अपरान्ह ५ बजेभित्र कम्पनीमा प्राप्त नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दाखिला भएका सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले आफ्नो २०औं वार्षिक साधारणसभा माघ २८ गते विरगञ्जको होटल भिष्वामा बोलाएको छ । सभामा सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

साथै, प्रबन्धपत्र र नियमावली संशोधन गरी कम्पनीको प्रतिसेयर मूल्य १०० रुपैयाँलाई परिवर्तन गरी प्रतिसेयर मूल्य ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । प्रतिसेयर मूल्य परिवर्तन गर्ने प्रस्ताव सम्बन्धित निकायको स्वीकृतिपछि मात्र लागू हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु