नारायणी डेभलपमेन्ट बैंकको हकप्रद बिक्री खुला



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आजदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले गत पुस २८ गतेसम्म कायम साविक सेयरधनीहरुका लागि एक सेयर बराबर एक सेयर (१ः१)को अनुपातमा प्रतिसेयर १ सय रुपैयाँका दरले ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयरको निष्कासन गरेको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल लिमिटेड छ । कम्पनीका सेयरधनीहरुल्े माघ १३ गतेदेखि फागुन १३ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन् ।


क्लिकमान्डु