फस्ट माइक्रोफाइनान्सले संस्थापक सेयर लिलामीमा बिक्री गर्ने
काठमाडौं । फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको छ ।
संस्थाले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बोलकबोलमार्फत् बिक्री गर्ने भएको हो ।
संस्थाले बिहीबार सूचना जारी गर्दै उक्त सेयर १०० रुपैयाँ प्रतिकित्ता बिक्री गर्ने जनाएको छ । जसमा न्यूनतम १५ हजार कित्ता र अधिकतम १ लाख ५० हजार कित्ताका लागि नै आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले मंसिर ८ गतेदेखि पुस १९ गतेसम्म आवेदन दिन सक्नेछन् । संस्थाको संस्थापक सेयर बिक्रीका लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।