बोटलर्सले बोलायो दुबै कम्पनीको साधारणसभा
काठमाडौं । बोटलर्स नेपाल र बोटलर्स नेपाल तराइ लिमिटेडले साधारणसभा गर्ने भएको छ । कोकाकोला उत्पादक कम्पनीहरु पुस २२ र २३ गते बालाजु कम्पनीको कार्यालयमा साधारणसभा बोलाएको हो ।
जसमा बोटलर्स नेपालले पुस २२ गते बजे ४२औं र बोटलर्स नेपाल तराइ पुस २३ गते ३४औं साधारणसभा गर्ने जनाएको छ ।
कोरोना भाइरस संक्रमणका कारण दुबै सभा भर्चुअल माध्यमबाट सञ्चालन हुने उल्लेख गरिएको छ ।
साधारणसभामा दुबै कम्पनीले सञ्चालकको प्रतिवेदन पारित गर्ने, २०७७ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह सहितको लेखापरीक्षण भएको वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्तावहरु पारित गर्ने प्रस्ताव गरेका छन् ।