सानिमा माई हाइड्रोले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने
काठमाडौं । सानिमा माई हाइड्रो पावरले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीले गत वर्षको खुद नाफाबाट चुक्तापुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषणा गरिएको लाभांशमा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश रहेको उल्लेख गरिएको छ । जसको वितरण कम्पनीले यही पुस २३ गते हुने नवौँ वार्षिक साधारणसभाले वितरणका लागि स्वीकृति गर्नेछ । साधारणसभा गर्नका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोड ३१ लाख रुपैयाँ छ । जसमा वृद्धि गरी २ अर्ब ८० करोड ८५ लाख रुपैयाँ पुर्याउने कम्पनीको योजना छ । कम्पनीको वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न गरिने जनाइएको छ ।