प्रिमियर इन्स्योरेन्सले ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने



काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले बिहीबार सूचना जारी गर्दै कोषमा आफ्नो स्वामित्वको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको हो ।

कम्पनीले उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता १ हजार ९ सय मात्र निर्धारण गरेको छ । कम्पनीले लिलामीमा बिक्री गर्न लागेको कोषको सेयरमा इच्छुक लगानीकार्ताले मंसिर २५ गतेदेखि पुस २ गतेसम्म आदेदन दिन सक्नेछन् ।

बोलपत्रमार्फत् बिक्री गरिने उक्त सेयरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । सेयर खरिद गर्ने लगानीकर्ताले नबिल इन्भेष्टमेन्टको काठमाडौं नक्सालमा र प्रिमियर इन्सुरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट आवेदन दिनसक्ने उल्लेख गरिएको छ ।

आवेदकले १ हजार ९ सयभन्दा कम मूल्य अंकित गरेर बोलकबोल पेस गरेरमा सो आवेदनलाई मुल्यांकनमा पेश नगरिने कम्पनीले जनाएको छ । साथै लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु