एनआइसी एसिया बैंकले संस्थापक सेयर बिक्री गर्दै, बोलपत्र आह्वान
काठमाडौं । एनआइसी एसिया बैंकले विभिन्न संस्थाहरुमा आफ्नो स्वामित्वमा रहेको सेयर लिलामीमा बिक्री गर्ने भएको छ ।
बैंकले नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्समा आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बोलकबोलमार्फत् बिक्री गर्ने भएको हो ।
बैंकले बिहीबार सूचना जारी गर्दै ३ लाख २८ हजार २ सय ८६ कित्ता सेयर बिक्री गर्ने जनाएको छ । जसमा नागरिक लगानी कोषमा रहेको २ लाख २ हजार ५ सय ६० कित्ता संस्थापक सेयर प्रतिशत कित्ता २ हजार ३ सय ६२ रुपैयाँका दरले बिक्री गर्ने भएको छ ।
साथै नेशनल लाइफ इन्स्योरेन्समा रहेको १ लाख २५ हजार ७ सय २६ कित्ता संस्थापक सेयर प्रतिकित्ता ५ सय ५ रुपैयाँका दरले बिक्री गर्ने जनाएको छ ।
बैंकले लिलामीमा बिक्री गर्न लागेको सेयर इच्छुक लगानीकर्ताले पुस १ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
बैंकले लिलामीमा राखेको संस्थापक सेयर खरिदका लागि एनआइसी एसिया क्यापिटल बरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।
कम्पनीले शिलबन्दी पेश गर्ने अन्तिम मिति पुस १ गतेसम्मका लागि तोकेको छ ।