युनाइटेड फाइनान्सले शेयरधनीलाई लाभांश नदिने
काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेड कम्पनीले लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको वित्तीय अवस्था थप सवल तथा सशक्त बनाउन आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।