गुहेश्वरी मर्चेन्टले ११.४० प्रतिशत लाभांश दिने



काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले लगानीकर्तालाई ११.४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीले मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट असार मसान्तसम्म कायम रहेको चुक्तापुँजी ८० करोड रुपैयाँबाट ८ प्रतिशतका दरले हुन आउने ६ करोड ४० लाख रुपैयाँ बोनस सेयर र ३.४० प्रतिशतका दरले हुन आउने २ करोड ७२ लाख रुपैयाँ ११.४० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।


क्लिकमान्डु