नेप्सेमा परिसूचकमा सामान्य गिरावट, साढे ५ अर्ब बढीको कारोबार



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । सोमबारको तुलनामा नेप्से ९.०४ अंकले घटेर १९९५.३५ अंकमा झरेको छ ।

मंगलबार कारोबार शुरु हुँदा बढेको परिसूचक कारोबार सकिँदासम्म नकारात्मक भएको हो । आजको कारोबारमा परिसूचक सबैभन्दा बढी २०४५.६७ अंकसम्म पुगेको थियो ।

आजको कारोबारमा सबैभन्दा बढीमा ५५ वटा कम्पनीका लगानीकर्ताले कमाउँदा १३४ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । त्यसैगरी १३ वटा कम्पनीका लगानीकर्ताको सम्पत्ति स्थिर छ ।

कारोबारमा हाइड्रो र म्यूचुअल फण्डको परिसूचक बढेको छ भने अन्य सबै समूहको परिसूचक घटेको छ ।

आजको कारोबारमा नारायणी विकास बैंकका लगानीकर्ताको सम्पत्ति सबैभन्दा बढी बढेको छ । बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी दोस्रोमा अपर तामाकोसीको सेयर ९.८० प्रतिशत, रसुवागढी हाइड्रोपावरको सेयर ९.७९ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु