सेबोन र राष्ट्र बैंकको धङ्धङीबाट उठ्यो सेयर बजार, ७२ अंकको बढोत्तरी
काठमाडौं । आइतबार नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकको धङ्धङीबाट माथि उठेको छ ।
साताको पहिलो दिन आइतबार नेपाल धितोपत्र बोर्डले बजारमा भएको कारोबार प्रति शुक्ष्म अध्ययन गरिरहेको र यदाकदा कालोधन भित्रिएको भन्ने आंशका देखाएपछि त्यसको प्रत्यक्ष असर बजारमा परेको थियो ।
जसले बजार इतिहासमा नै पहिलो पटक ६ प्रतिशतले घटेर कारोबार समय सकिनु भन्दा झण्डै ४७ मिनेट अगाडि बन्द भएको थियो । त्यती मात्रै नभएर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षामा मार्जिन लेन्डिङमा पुनरावलोकन गर्ने भन्ने चर्चाको असर बजारमा परेको थियो ।
तर राष्ट्र बैंकले पुनरावलोकन गर्ने तर के कति भन्ने निर्णय भइनसकेको प्रतिकृया दिएपछी सोमबारको कारोबारमा सुधार देखिएको छ ।
बजार मापन गर्ने सूचक ७२.२८ अंकले बढेर परिसूचक २००४.३९ बिन्दुमा रोकिएको छ ।
२०६ कम्पनीको १ करोड १९ लाख २० हजार ८१९ कित्ता सेयर ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँको सेयर किनबेच भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक १२.१० अंकले बढेर ३८२.७७ बिन्दुमा रोकिएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा सुधार आएको छ । बैंकिङ समूहको ३१.१९, जलविद्युत ९८.४७, निर्जीबन बीमा ४०५.५४, उत्पादन तथा प्रशोधन २२४.७७, माइक्रोफाइनान्स १२७.५५ र जीवन बीमा समूहको उपसूचक ६९८.८१ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको १ अर्ब ५ करोड ५७ लाख ५९ हजार ९०९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र नेपाल दुरसञ्चार कम्पनी रहेका छन् ।