रसुवागढी हाइड्रोपावरका लगानीकर्ताको हात खाली



काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताको हात खाली हुने भएको छ ।

कम्पनीले शेयर लगानीकर्तालाई आर्थिक वर्ष २०७६-०७७ को लाभांशबाट लाभांश नदिइ हात खाली बनाउने भएको छ ।

कम्पनीको वार्षिक साधारणसभा पुस २० गते चिलिमे जलविद्युत कम्पनीको सभाहलमा उक्त साधारणसभा हुन लागेको हो ।

उक्त सभामा कम्पनीले शेयर लगानीकर्तालाई लाभांश दिने प्रस्ताव नलगेपनि गत आवको वासलात, नाफा-नोक्सानका विषयमा छलफल गर्ने भएको छ । कम्पनीले साधारण सभाको लागि पुस १२ गते एक दिनको लागि बुक क्लोज गर्ने जनाएको छ ।

उक्त साधारणसभाका पुस ११ गतेसम्म कायम रहेका सेयरधनी सहभागी हुन पाउने छन् ।


क्लिकमान्डु