सेयर बजारमा भारी गिरावट आउँदा पनि यी ९ कम्पनीका लगानीकर्ताले कमाए
काठमाडौं । सेयर बजारमा नकारात्मक सर्किट लाग्दा पनि ९ वटा कम्पनीका लगानीकर्ताले भने कमाएका छन् ।
यो दिन कारोबारको सुरु देखि नै गिरावट आउँदा पनि रिलायन्स फाइनान्स, हिमालयन बैंकको ऋणपत्र, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, एनएमबी-५०, मञ्जु श्री फाइनान्स, एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरक, प्रभु बैंकको ऋणपत्र र सानिमा बैंकको ऋणपत्रका लगानीकर्ताले कमाएका छन् । गुमाउनेमा १८७ वटा कम्पनी रहेको छ । यता सेन्चुरी बैंकको संस्थापक सेयरमा कुनै परिवर्तन आउन सकेको छैन ।
यो दिनको कारोबारमा ७ वटा कम्पनीमा नकारात्मक सर्किट लागेको छ । १८ वटा कम्पनीको कारोबार ९ प्रतिशत भन्दा बढीले घटेको छ । जसले लगानीकर्तालाई निकै त्रसित बनाएको छ ।
यो दिनको कारोबारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १ अर्ब १६ करोड ८ लाख ३१ हजार १५६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र नेपाल दुरसञ्चार कम्पनी रहेको छ ।