दसैँपछिको सेयर कारोबारमा हरियाली, सस्ता कम्पनीमा लगानीकर्ताको भिड



काठमाडौं । दसैँपछिको पहिलो सेयर कारोबारमा उछाल देखिएको छ । कोरोबार सुरु भएदेखि नै बजारमा हरियाली छाएको छ ।

कारोबार सुरु भएको पहिलो आधा घन्टामा बजार ११.८३ अंकले बढेको छ । कारोबारमा बैंकिङ समूहमा लगानीकर्ताको भिड देखिएको छ । त्यस्तै विकास बैंक, निर्जीबन बीमा, उत्पादन तथा प्रशोधन समूहको उपसूचकमा पनि लगानीकर्ता होमिएका छन् ।

यो समाचार तयार पार्दासम्म बैंकिङ समूहको उपसूचक १७.९६ अंकले बडेको छ । बजार खुलेसँगै लगानीकर्ताको ध्यान बैंकका साथै सस्तो मुल्यका कम्पनीको सेयरमा गइरहेको छ ।

यस्तै अन्य सस्ताे मूल्य भएका सेयरमा पनि लगानीकर्ताले लगानी बढाएकाे देखिएकाे छ ।


क्लिकमान्डु