निर्जीबन बीमा समूहको सव इन्डेक्समा सुधार, बैंकिङ र जीवन बीमाको यस्तो छ अवस्था



काठमाडौं । पुँजी बजारमा देखिएको सुधारसँगै विभिन्न कम्पनीको उपसूचकमा पनि क्रमिक सुधार देखिन थालेको छ । पछिल्लो समय बजारमा केही सुधार देखिएको छ ।

विगत एक महिनालाई पनि हेर्ने हो भने बजार ४४.३४ अंकले बढेको छ । असोज १२ मा १५६१.९१ बिन्दुमा रहेको बजार मापन गर्ने सूचक कात्तिक ६ गतेसम्म आईपुग्दा १६०६.२५ बिन्दुमा रहको छ । दसैँ विदाको कारण असोज ६ गतेबाट बजार बन्द भएको छ ।

पछिल्लो समयमा बैंकिङ समूहको सब इन्डेक्समा पनि थोरै सुधार देखिएको छ । एक महिनाको अवधिमा बैंकिङ समूहको उपसूचक १९.७९ अंकले बढेर १२७६.०५ बिन्दुमा रोकिएको छ । नेप्सेमा भएको यो डाटा ५ गतेसम्मको मात्रै हो । ६ गतेको तथ्याङक यहाँ जोडिएको छैन । यो दिन बैंकिङ समूहको उपसूचक १२.१ अंकले बढेको छ ।

असोज १२ गते बैंकिङ समूहको उपसूचक १२५६.२६ बिन्दुमा रहेको थियो । बजारमा सुधार देखिएसँगै कम्पनीको सब इन्डेक्समा पनि केही सुधार देखिन थालेको छ । असोज १४ गते घटेको १२३९.९१ बिन्दुमा रहेको बजार त्यसपछि बढेर असोज १८ गते १२७३.१८ बिन्दुमा पुगेको थियो । त्यसपछि निरन्तर घटेको बजार कात्तिक २ गते १२४४.९२ बिन्दुमा पुगेको थियो । त्यसपछि बढन थालेको सब इन्डेक्सले १२७६.०५ बिन्दुमा पुगेको छ

नेपालको पुँजी बजारमा ८० प्रतिशतभन्दा बढी हिस्सा बैंकिङ समूहको रहेको छ । जसले गर्दा बजारमा देखिने उतारचढावमा समेत बैकिङ समूहको भूमिका महत्वपूर्ण हुने गरेको छ । बजार बढ्दा बैंकिङ समूहको सब इन्डेक्समा उतारचढाव देखिएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश समेत घोषणा गर्न थालेपछि बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

बैंकहरुले गत आर्थिक वर्षको लाभांशबाट राम्रो लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म लाभांश घोषणा गरेका बैंकमध्ये एनआईसी एसिया बैंकले २० प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । अन्य बैंकको पनि जसले गर्दा लगानीकर्ता बैकिङ समूहतर्फ आकर्षिक देखिएका छन् ।

यता जीवन बीमा समूहको सब इन्डेक्समा सामान्य सुधार देखिएको छ । असोज १२ गते ९ हजार ५६७.४८ बिन्दुमा रहेको जीवन बीमा समूहको उपसूचक अन्तिम कारोबारसम्म आइपुग्दा ९ हजार ५९७.७७ बिन्दुमा रोकिएको छ । यो अवधिमा जीवन बीमा समूहको उपसूचक ३०.२९ अंकले बढेर मात्रै बढेको छ । १ महिनामा जीवन बीमा समूहको उपसूचकमा उल्लेख्य सुधार देखिएको छ ।

असोज १८ गते बढेर जीवन बीमा समूहको उपसूचक ९ हजार ६९०.४० बिन्दुमा पुगेको थियो । त्यसपछि निरन्तर गिरावट देखिएको छ । एक महिनाको अवधिमा उपसूचकमा गिरावट आएर ९ हजार ४२१.६७ बिन्दुमा पुगेको थियो । त्यसपछि क्रमशः सुधार भएर ९ हजार ५९७.७७ बिन्दुमा रहेको छ । यसमा अन्तिम कारोबारको डाटा राखिएको छ । अन्तिम कारोबार दिन कात्तिक ६ गते जीबन बीमा समूहको उपसूचक १०.१ अंकले घटेको छ ।

यस्तै निर्जीबन बीमा समूहको सब इन्डेक्समा भने बैंकिङ र जीवन बीमाको तुलनामा निकै बढेको छ । एक महिनाको अवधिमा जीवन बीमा समूहको सब इन्डेक्स १२४.९७ बिन्दुले बढेको छ । असोज १२ गते ७ हजार ८३४.३८ बिन्दुमा रहेको निर्जीबन बीमा समूहको उपसूचक असोज ५ गतेसम्म आईपुग्दा ७ हजार ९५९.३५ बिन्दुमा रोकिएको छ । ६ गतेसम्म सेयर कारोबार भएपनि नेप्सेले ६ गतेको डाटा सब इन्डेक्समा राखिएको छैन । यो दिन निर्जीबन बीमा समूहको उपसूचक ३८.५२ अंकले बढेको छ ।

यो एक महिनाको अवधिमा सबैभन्दा कम असोज १४ गते ७ हजार ७१२.६० बिन्दुमा पुगेको थियो । त्यसपछि बढेर असोज १८ गते ८ हजार ८८.९० बिन्दुमा पुगेको थियो । त्यो उचाइ टिक्न सकेन जसले गर्दा निर्जीबन बीमाको सब इन्डेक्समा पनि गिरावट देखियो । तर अन्तिम समयम भने केही सुधार देखिएको छ ।


क्लिकमान्डु