अपि पावर कम्पनीले आगामी शुक्रबारदेखि साढे ५७ करोडको हकप्रद बिक्री गर्ने

क्लिकमान्डु २०७७ कार्तिक ११ गते ११:४३ मा प्रकाशित

काठमाडौं । अपि पावर कम्पनीले आगामी शुक्रबार (कात्तिक १४ गते)देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले लगानीकर्तालाई १स्०४७ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँका दरले ५७ करोड ७० लाख रुपैयाँको ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गर्न लागेको हो । यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

कम्पनीको १ कित्ता शेयर हुने लगानीकर्ताले ०.४७ कित्ता शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नको लागि २०७६ चैत्र १ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गरिसकेको छ ।

२०७६ फागुन ३० गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । हकप्रदलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ । हकप्रदमा मंसिर ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त शेयरमा आवेदन दिनको लागि सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी ट्रेड टावर थापाथलीका साथै सिद्धार्थ बैंकका विभिन्न शाखा कार्यालय पोखरा, बुटवल, नेपालगन्ज, विराटनगर, वीरगन्ज, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ ।

ग्लोबल आइएमई बैंकको नौगडा, दाचुर्लाको गोकुलेश्वर, खलंगा र बैतडीको शाखाबाट आवेदन दिन सकिनेछ । यस्तै धितोपत्र बोर्डबाट सीआस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरबाट आवेदन दिन सकिने छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स