दशैं अघिको अन्तिम दिन सेयर कारोबारमा सुधार, परिसूचक १६ सय कट्यो



काठमाडौं । दशैं अघिको अन्तिम दिनको सेयर कारोबारमा बजार बढेको छ भने कारोबार रकम पनि सन्तोषजन नै देखिएको छ ।

बजार मापन गर्ने सूचक ८.५४ अंकले बढेर परिसूचक १६०६.२५ बिन्दुमा रोकिएको छ । १८७ कम्पनीको ६४ लाख ५७ हजार ८३३ कित्ता सेयर १ अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९१९ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ, विकास बैंक, वित्त कम्पनी, निर्जीबन बीमा, उत्पादन तथा प्रशोधन समूहको उपसूचकमा सुधार आउँदा जीवन बीमा, होटल, जलविद्युत समूहको उपसूचकमा गिरावट आएको छ ।

यो दिन कारोबार रकमको आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ । बैंकको १४ करोड १५ लाख ४५ हजार २३७ रुपैयाँको सेयर कारोबार भएको छ ।


क्लिकमान्डु