कुमारी बैंकले १४ प्रतिशत लाभांश दिने



काठमाडौं । कुमारी बैंकले सेयरधनीलाई गतवर्षको नाफाबाट १४ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले गतवर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

अहिले कुमारी बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड रहेको छ । १० प्रतिशत बोनस सेयर दिएपछि कुमारी बैंकको चुक्ता पूँजी १३ अर्ब ७७ करोड रुपैयाँ पुग्ने छ ।

बैंकको संचालक समितिले गतवर्षको नाफाबाट सो लाभांश प्रस्ताव गरेको हो ।


क्लिकमान्डु