दशैंपछि भुक्तानी गर्न सक्ने भएपछि सेयर बजारमा खरिदकर्ताको चाप
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । कारोबार सुरु भएको केही समयपछिदेखि सुधारको क्रममा रहेको बजार अन्तिम समय सम्म पनि सुधारको क्रममा देखिएको छ ।
दशैं अघिको अन्तिम कारोबार भोलीसम्म मात्रै हो । अन्तिम कारोबार हुने अघिल्लो दिन पनि बजारमा सुधार देखिएको छ । एक लगानीकर्ताका अनुसार आज भोलि सेयर किन्दा त्यसको भुक्तानी दशैं पछि दिन सक्ने भएकाले पनि लगानीकर्ताको चाप बजारमा परेको हो ।
बजार मापन गर्ने सूचक १३.९४ अंकले बढेर १५९७.७१ बिन्दुमा रोकिएको छ ।
१९२ कम्पनीको ५५ लाख ९ हजार ४४८ कित्ता सेयर १ अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा बैंकिङ, विकास बैंक, निर्जीबन बीमा, जीवन बीमा समूहको उपसूचकमा बढी सुधार देखिएको छ ।
कारोबार रकमको आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको २४ करोड २९ लाख ५७ हजार ८०७ रुपैयाँको सेयर किनबेच भएको छ ।