लगानीकर्तालाई लाभांश घोषणा गरेको सिटिजन्स बैंकलाई नेप्सेले सोध्यो स्पष्टिकरण



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिटिजन्स बैंक इन्टरनेशनललाई लाभांश घोषणाको विषयमा स्पष्टिकरण सोधेको छ ।

बैंकले लगानीकर्तालाई गत आर्थिक वर्षको मुनाफाबाट ७.७० प्रतिशत बोनस र ३.३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव सेयर कारोबार भइरहेको समयमा घोषणा गरेको भन्दै तीन दिने स्पष्टिकरण सोधेको हो ।

धितोपत्र सूचीककरण विनियमावली २०७५ को विनियम २२(१) मा धितोपत्र मुल्यमा प्रभाव पार्ने सूचना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि संस्थाको वेबसाइट मार्फत जानकारी गनुपर्ने व्यवस्था रहेको छ ।

बैैंकले त्यो व्यवस्थाको उल्लंघन गरेको भन्दै तीन दिन भित्र जवाफ पठाउन निर्देशन दिएको छ ।


क्लिकमान्डु