सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम पनि बढ्यो



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आउनुको साथै कारोबार रकममा पनि वृद्धि भएको छ ।

नेप्से मापन गर्ने सूचक १२.४७ अंकले बढेर १५८२.८४ बिन्दुमा रोकिएको छ ।
१९३ कम्पनीको ४९ लाख १३ हजार ४९७ कित्ता सेयर १ अर्ब २४ करोड १२ लाख ४२ हजार ७०७ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा सुधार आएको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत कम्पनी, निर्जीबन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा सहित समै समूहको उपसूचकमा सुधार आएको छ ।


क्लिकमान्डु