हकप्रद सेयर जारी गर्न लागेको अपि पावरको यस्तो छ वित्तीय अवस्था



काठमाडौं । अपि पावर कम्पनीले १४ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने तयारीमा रहेको छ । हकप्रद सेयर जारी गर्नको लागि धितोपत्र बोर्डबाट अनुमति समेत पाइसकेको छ ।

कम्पनीले १ः०४ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको छ । प्रतिकित्ता १ सय रुपैयाँका दरले ५७ करोड ७० लाख रुपैयाँको ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गर्न लागेको हो । यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

उक्त सेयरमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी ट्रेड टावर थापाथलीका साथै सिद्धार्थ बैंकका विभिन्न शाखा कार्यालय पोखरा, बुटवल, नेपालगन्ज, विराटनगर, वीरगन्ज, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ ।

ग्लोबल आइएमई बैंकको नौगडा, दाचुर्लाको गोकुलेश्वर, खलंगा र बैतडीको शाखाबाट आवेदन दिन सकिनेछ ।

यस्तै धितोपत्र बोर्डबाट सीआस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिने छ । हकप्रद सेयरमा मंसिर ४ गतेसम्म आवेदन दिन सकिने छ । हकप्रद जारी गर्नको लागि २०७६ चैत १ गते सेयर धनी दर्ता किताब (बुक क्लोज) बन्द भएका छ ।


क्लिकमान्डु